उद्देश्यहरु
- डा. रेग्मीको जीवनदर्शन एवम् सिद्धान्तको प्रचार-प्रसार गर्ने ।
- प्रत्येक दुई-दुई वर्षमा "डा. डिल्लीरमण रेग्मी शान्ति पुरस्कार"बाट शान्ति र अहिंसाको क्षेत्रमा योगदान पुर्याउने स्वदेशी तथा विदेशी व्यक्ति तथा संस्थालाई सम्मान गर्ने ।
- शान्ति, अहिंसा, मानवीय मूल्य, मान्यता र राष्ट्रका जल्दाबल्दा विषयसँग सम्बन्धित गोष्ठी, कार्यशाला, अन्र्तक्रियालगायत विविध कार्यक्रम गर्ने ।
- स्वदेशी तथा विदेशी पुस्तकालयहरुसँग भगिनी सम्बन्ध स्थापना गरी पुस्तकालय सेवा प्रदान गर्ने ।
अन्य उद्देश्यहरू
- सर्वसाधारणलाई पुस्तकालय सेवा उपलब्ध गराउनु ।
- देश तथा विदेशका अन्य पुस्तकालयहरूसँग सौहार्दपूर्ण सम्बन्ध कायम गर्नु ।
- पुस्तकालयलाई समृद्ध बनाउन थप पुस्तक तथा प्रकाशन सङ्कलन गर्नु ।
- वर्तमान तथा भावी पुस्ताका लागि पुस्तकालय तथा सङग्र्रहालयको संरक्षण गर्नु ।
- देशमा सार्वजनिक पुस्तकालयहरूको विकासमा सहयोग पु¥याउनु ।
- साक्षरता अभिवृद्धिमा सरकारलाई सहयोग गर्नु ।
- बालबालिकामा पठन संस्कृतिको विकास गर्नु ।